शिखर इन्स्योरेन्सको साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शिखर इन्स्योरेन्सको साधारण सभा सम्पन्न



काठमाडौं । शिखर इन्स्योरेन्सको १९औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

केन्द्रीय कार्यालय थापाथली, काठमाडौंमा सभा सम्पन्न भएको हो । सभामा लाभांश प्रस्ताव नगर्ने यसअघि नै सञ्चालक समितिको बैठकले निर्णय गरेको थियो ।

उक्त सभाबाट गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणहरु छलफलसहित पारित भएको छ ।

सभाले संस्थापक समूह ‘क’ बाट ३ र सर्वसाधारण समूह ‘ख’ बाट १ सञ्चालक निर्वाचित गरेको छ ।

प्रकाशित : ९ चैत्र २०८०, शुक्रबार १४:५३