एकै व्यक्ति एक भन्दा बढी वित्तीय संस्थाको सञ्चालक समितिमा बस्न नपाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एकै व्यक्ति एक भन्दा बढी वित्तीय संस्थाको सञ्चालक समितिमा बस्न नपाउने



काठमाडौं । एकै व्यक्ति एक भन्दा बढी वित्तीय संस्थाको सञ्चालक समितिमा बस्न नपाउने भएका छन्। अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा संशोधन गर्दै एकै व्यक्ति दुई वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने व्यवस्था गर्न लागेको हो।

अहिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार अन्य बैंक तथा वित्तीय संस्थाको सञ्चालक रहेको व्यक्ति पूर्वाधार विकास बैंकको भने सञ्चालक बन्न सक्ने व्यवस्था छ।

ऐनको दफा १४ को उपदफा २ को ‘घ’ मा वित्तीय संस्थामा सञ्चालक रहेको व्यक्ति पूर्वाधार विकास बैंकमा सञ्चालक हुन सक्ने व्यवस्था छ।

प्रकाशित : ८ चैत्र २०८०, बिहीबार १७:०२