नेप्से परिसूचकमा सामान्य गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचकमा सामान्य गिरावट



काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेर ओरालो लागेको छ। आज परिसूचक ३.३४ अंक घटेर २०६३.९५ विन्दुमा रोकिएको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.३६ अंक र फ्लोट इण्डेक्स ०.२० अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन तीन अर्ब ६३ करोडको सेयर कारोबार भएको बजारमा आज ३०५ कम्पनीको तीन अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बराबरको ९४ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

त्यस्तै आज गोर्खाज फाइनान्स, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी र सर्वोत्तम सिमेन्टको सेयरमुल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। साथै, गुराँस लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि उच्च अंकले बढेको छ।

कारोबारमा आएको बोटलर्स नेपाल (बालाजु) का लगानीकर्ताले भने आज सर्वाधिक गुमाएका छन् । कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज १९ करोड ५२ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : ७ चैत्र २०८०, बुधबार १५:३५