राष्ट्र बैंकले एक अर्ब ९१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले एक अर्ब ९१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको एक अर्ब ९१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न सर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थामा कोषको एक अर्ब ९१ करोड १० लाख रुपैयाँ रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको हो ।

सूचना अनुसार राष्ट्र बैंकले यसमध्ये क वर्गका वाणिज्य बैंकमा एक अर्ब ५२ करोड ८९ लाख, विकास बैंकहरुमा २८ करोड ६६ लाख रुपैयाँ र वित्त कम्पनीहरुमा ९ करोड ५५ लाख रुपैयाँ गरी कुल एक अर्ब ९१ करोड १० लाख रुपैयाँ राख्न लागेको हो ।

राष्ट्र बैंकले २०८१ वैशाख २ गतेदेखि २०८२ वैशाख १ गतेसम्म ३६६ दिनका लागि मुद्दतिमा उक्त रकम राख्नेछ । निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको, कर्जा निक्षेप अनुपात निर्धारित सीमा भित्र रहेको, न्यूनतम पूँजीकोष अनुपात कायम रहेको लगायतका सर्त पुगेका बैंक तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर र मुद्दतिमा लिन चाहेको रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् ।

प्रकाशित : ७ चैत्र २०८०, बुधबार ११:१५