१८ अर्ब ३० करोडको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१८ अर्ब ३० करोडको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल



काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

चैत ६ गते मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ वैशाख ४ गते परिपक्व हुनेछ ।

त्यस्तै, १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ असोज १ गते परिपक्व हुनेछ ।

साथै, १ वर्षको लागि ९ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ चैत ४ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

प्रकाशित : ५ चैत्र २०८०, सोमबार १०:३८