नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघमा किसान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघमा किसान



काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको अध्यक्षमा युवा व्यवसायी किसान सुनार निर्वाचित भएका छन् ।

शनिबार काठमाडौंमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा किसान सुनार सर्वसम्मत निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित भएपनि सुनारले आफूले सुनचाँदी, रत्न तथा आभुषण व्यवसायीहरुको हकहितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

अध्यक्षमा सर्वसम्म्त निर्वाचित गराउने सम्पूर्ण व्यवसायीहरुप्रति उनले आभार व्यक्त गरेका छन् ।

प्रकाशित : ४ चैत्र २०८०, आईतवार १७:५०