नारायणी डेभलपमेन्ट बैंककाे संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नारायणी डेभलपमेन्ट बैंककाे संस्थापक सेयर बिक्रीमा



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले ५० हजार ४२ कित्ता संस्थापक सेयर बिक्रीमा गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै चैत १ गतेको सञ्चालक समितिको निर्णयअनुसार उक्त सेयर लिलामीमा राखिएको जनाएको हो ।

बैंकले यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्ने जनाएको छ । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने सूचजामा उल्लेख छ ।

यदि उक्त मितिसम्म कुनै पनि आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्तिलाई बिक्री गरिने बैंकले जनाएको छ । लगानीकर्ताले बैंकको चितवन,टाँडीमा रहेको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयरको व्यहोरा खुलाई आवेदन पेश गर्नुपर्नेछ ।

प्रकाशित : ४ चैत्र २०८०, आईतवार १४:३०