सहकारीका सदस्यलाई प्रविधि मैत्री बनाउन आवश्यक छः जीवलाल तिवारी,सीईओ, किसान साकोस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहकारीका सदस्यलाई प्रविधि मैत्री बनाउन आवश्यक छः जीवलाल तिवारी,सीईओ, किसान साकोस



प्रथम सहकारी डिजिटल कन्क्लेभमा तपाइहरुले पाउन खोजेका विषयबस्तु कत्तिको भेटाउनुभयो ?

यो ग्रामिण क्षेत्रका लागि यो नयाँ विषय भएकाले कुराहरु उठान भएका छन् । हामीले खोजेका चिज सबै नभएपनि एउटा गन्तव्य उन्मुख छ । त्यसैले हामी सन्तुष्टि नै छौं ।

महासंघले २०३० सम्म सहकारीहरु पूर्ण रुपमा डीजिटाइज हुनेछन् भनेको छ । सहकारी प्रविधिमैत्री बन्ने कत्तिको सम्भावना देख्नुहुन्छ ?

यो व्यवस्थापनमा कठिनाइ छ । किनभने पोलिसी लेबलमा केहि कुराहरुले हामीलाई बाधेको छ । पोलिसी स्पष्ट छैन् । त्यो बाहेक कुनै सहकारी धेरै माथि पुगेका पनि छन् । यसका बारेमा कुराहरुपनि उठेका छन् । यस मध्येको किसान साकोसले धेरै चिजहरुमा काम गरिसकेको छ । आफ्नो वित्तिय स्थिती सुरक्षित गनुपर्ने लगायत डिजिटलाइजेसनका कुरामा पनि यो कार्यक्रम आयोजना गनुभन्दा पहिले देखिनै यसका बारेमा हामीले केहि अभ्यासहरु पनि गरिसकेको छौं । त्यसैले आगामी भिजन ३० सम्म हामीले पुर्ण रुपमा गर्न सक्छौं ।

किसान साकोसले अहिले के कस्ता प्रविधिहरु प्रयोग गरेको छ । सदस्यले यसको फाइदा कसरी लिएका छन् ?

किसान साकोसले कनेक्ट आइपिएस देखि विभिन्न प्रविधिको पहुँच बढाएको छ । सदस्यको लेबलमा हेर्ने हो भने केहि सदस्य मोवाइल बैंकिङपनि चलाउन नसक्ने अवस्थामा छन् । उनीहरुलाई लक्षित गरी वित्तिय साक्षरता र प्रविधि साक्षरता सम्बन्धि २५ वटा वडामा कार्यक्रम गरेका छौं । अहिले सदस्यलाई प्रविधि मैत्री बनाएनौ भने २०३० सम्म हामी ( सहकारी) बाच्न सक्दैनौ । त्यसैले त्यही अनुसार हामी अगाडी बढेका छौ ।

महासंघले यस्ता विषयमा कार्यक्रमहरु गरिरहन्छ । यसमा केहि सहजिकरण अर्थात फरक ढंगले गर्न सक्ने सुझाव के छन् ?

यो कार्यक्रम सहरकेन्द्रित भन्दापनि सबै प्रदेशहरुमा लिएर गए अझ प्रभावकारी हुन्छ कि जस्तो लाग्छ ।

किसान साकोसमा कति सदस्य आवद्ध छन् ? समग्र सहकारीको अवस्था कस्तो छ ?

हाम्रो सहकारीमा ८४ हजार सदस्य आवद्ध छन् । २६ वटा सेवा केन्द्रबाट सेवा गरिरहेका छौं । कोभिड देखिनै सदस्यलाई सुसुचित गराइरहेका छौं । ऋणको पाटोबाट हेर्दा अहिले अवस्था फरक छ । अर्थतन्त्र नै चलाएमान नभएको बेला सहकारीमा समस्या आउनु नयाँ भएन। यो विस्तारै सुधार हुदै जान्छ ।

सहकारी चलायमान बनाउन सस्थाको मन जित्न संस्थाहरुले खेल्नुपर्ने भुमिकाके के हुन् ?

सहकारी संस्था मेरो हो भन्ने बनाउन सकियो भने हुन्छ । कुनै समस्या नै छैन ।

किसान साकोसमा ८४ हजार सदस्य आवद्ध हुदाँ प्रविधि प्रयोग गर्न सक्ने सदस्य कति छन् ?

२५ हजार मोबाइल बैंकिङबाट कारोबार भएका छन् । त्यसैगरी एटियम कार्ड ३ हजार जति बाडेका छौं । पहिला भन्दा अहिले एकदमै डिजिटल कारोबार भएको छ ।

प्रकाशित : ४ चैत्र २०८०, आईतवार १४:२८