सीआईबी प्रमुखमा श्यामलाल ज्ञवाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सीआईबी प्रमुखमा श्यामलाल ज्ञवाली



काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) श्यामलाल ज्ञवालीलाई पठाइएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि सीआईबीकी निर्देशक रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा बोलाउँदै सीआईबीमा ज्ञवालीलाई पठाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित : २ चैत्र २०८०, शुक्रबार १८:४९