गरिमा विकास बैंककाे नाफामा छलाङ्ग : महालक्ष्मीलाई पच्छ्याउँदै कामना सेवा विकास बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गरिमा विकास बैंककाे नाफामा छलाङ्ग : महालक्ष्मीलाई पच्छ्याउँदै कामना सेवा विकास बैंक



काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा विकास बैंकहरुले दुई अर्ब ८५ करोड २९ लाख रुपैंया खुद नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

यो अवधिमा १७ वटा विकास बैंकमध्ये १३ वटाले नाफा आर्जन गरेका छन् भने, चार वटाले घाटा व्यहोरेका छन् । यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ । गरिमाले यो सात महिनामा ५५ करोड ८० लाख रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गर्दा मुक्तिनाथ विकास बैंकले ५३ करोड २० लाख खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, साईन रेसुँगाले ४३ करोड ७० लाख, महालक्ष्मी विकास बैंकले ३३ करोड ४० लाख र कामना सेवा विकास बैंकले ३१ करोड २३ लाख खुद नाफा आर्जन गरेका हुन् ।

त्यसैगरी, लुम्बिनी विकास बैंक २१ करोड १३ लाख, ज्योति विकास बैंकले १७ करोड ७६ लाख, साग्रिला डेभलपमेन्ट बैंकको नाफा १५ करोड ४९ लाख, कर्णाली विकास बैंक चार करोड ६४ लाख, मितेरी विकास बैंक चार करोड ४९ लाख, सिन्धु विकास बैंक एक करोड ६८ लाख रुपैंया नाफा आर्जन गरेका छन् ।

यो अवधिका घाटा व्यहोर्ने विकास बैंकहरुमा एक्सल डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, नारायाणी विकास बैंक र सालापा विकास बैंक रहेका छन् । जसमध्ये सबैभन्दा धेरै घाटा एक्सेल डेभलपमेन्ट बैंकलाई भएको छ । जसलाई यो सात महिनामा १८ करोड ६७ लाख घाटा लागेको छ ।

प्रकाशित : १ चैत्र २०८०, बिहीबार १४:१२