वैदेशिक रोजगार बीमा मार्फत एक अर्ब ७१ करोडकाे आम्दानी, सन नेपाल लाइफ बन्यो पहिलो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वैदेशिक रोजगार बीमा मार्फत एक अर्ब ७१ करोडकाे आम्दानी, सन नेपाल लाइफ बन्यो पहिलो



काठमाडौं । जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमामार्फत एक अर्ब ७१ करोड ६९ लाख ८९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्क अनुसार कुल सक्रिय १९ लाख ६५ हजार ७६४ वटा बीमालेख मार्फत सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

उक्त बीमा शुल्क गत वर्षको माघ मसान्तसम्मको तुलनामा १२.७६ प्रतिशतले कमी आएकाे छ। गत वर्षको सोही अवधिमा वैदेशिक रोजगार बीमा मार्फत कम्पनीहरुले एक अर्ब ९६ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क उठाएका थिए ।

माघ महिनामा मात्रै वैदेशिक रोजगार बीमाबाट ६१ हजार ९७९ वटा बीमालेख बिक्री गरी २६ करोड २४ लाख तीन हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन गत पुस महिनाको तुलनामा भने ५.४० प्रतिशतले बढेकाे छ। गत पुस महिनामा कम्पनीहरुले ५८ हजार ६३४ वटा बीमालेखमार्फत २४ करोड ८९ लाख ४४ हजार रुपैंया बराबरको बीमा शुल्क संकलन गरेका थिए ।

समीक्षा अवधिसम्म वैदेशिक रोजगार बीमालेखबाट सबैभन्दा बढी व्यापार गर्नेमा सन नेपाल लाइफ रहेको छ। यो कम्पनीले मात्रै रुपैयाँ वैदेशिक रोजगार बीमालेखबाट ४३ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी दोस्रोमा नेपाल लाइफ रहेको छ। नेपाल लाइफले यो ७ महिनामा वैदेशिक रोजगार बीमालेखबाट ३७ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रोमा आइएमई लाइफ रहेको छ। यो कम्पनीले यस बीमालेखबाट १९ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी यो ७ महिनामा वैदेशिक रोजगार बीमालेखबाट एसियन लाइफले १५ करोड ३१ लाख रुपैयाँ, नेसनल लाइफले १५ करोड १० लाख रुपैयाँ, सूर्यज्योति लाइफले ११ करोड ९३ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ११ करोड ७१ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले १० करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

वैदेशिक रोजगार बीमालेखबाट सिटिजन लाइफले ६ करोड ८१ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १५ लाख ६७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रकाशित : २७ फाल्गुन २०८०, आईतवार १५:०९