सुनको मूल्य १ लाख २६ हजार रुपैयाँ पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सुनको मूल्य १ लाख २६ हजार रुपैयाँ पुग्यो



काठमाडौं । लगातार नयाँ रेकर्ड कायम गर्दै गएको सुनको मूल्यले आइतबार पनि इतिहास कायम गरेको छ ।
गत मंगलबारबाट लगातार बढी नयाँ रेकर्ड कायम गर्दे गएको सुनको मूल्य शुक्रबार भने स्थिर कायम भएको थियो ।

शुक्रबार सुनको मूल्य स्थिर रही हालसम्मकै बढी मूल्य कायम भएको थियो । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ कायम भएको थियो ।

आइतबार उक्त रेकर्ड ब्रेक गर्दै प्रतितोला १ हजार रुपैयाँले सुनको मूल्य हालसम्मकै बढी मूल्य कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख २६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ७५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : २७ फाल्गुन २०८०, आईतवार ११:०९