शिवरात्रीका दिन एनएमबि बैंकका यी शाखाहरु खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शिवरात्रीका दिन एनएमबि बैंकका यी शाखाहरु खुल्ने



काठमाडौं । महाशिवरात्री तथा अन्तराष्ट्रिय महिला दिवसका दिन पनि एनएमबि बैंकका केहि शाखा खुल्ला रहने भएका छन् । बैंकले बिहिबार एक सूचना जारी गर्दै शुक्रबार बिदाका दिन पनि विभिन्न शाखा खुल्ला रहने जनाएको हो ।

बैंकका अनुसार देशको शुदुर पूर्व देखि शुदूर पश्चिमसम्म ६ वटा शाखाहरु खुल्ल रहने छ । कोशी प्रदेशको विराटनगरमा रहेको होलिडे काउन्टर बिहान १० बजे देखि दिउँसो १ बजेसम्म खुल्ला रहने छ । त्यसैगरी, मधेश प्रदेशको लहान शाखा र गण्डकी प्रदेशको पोखराको चिप्लेढुंगामा रहेको शाखा बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म खुल्ला रहने छ ।

यसैगरी, काठमाडौँको कान्तिपथमा रहेको होलिडे काउन्टर र शुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा रहेको होलिडे काउन्टर दिउँसो ११ देखि २ बजेसम्म खुल्ला रहेने बैंकले जनाउको छ ।

यसैगरी, बुटवलको ट्राफिक चोकमा रहेको होलिडे काउन्टर बिहान १० देखि दिउँसो १ बजेसम्म खुल्ला रहेने बैंकले उल्लेख गरेको छ ।

उक्त दिन ति शाखाहरुबाट आईपीएस, क्लियरिङ र आरटीजीएस लगायतका सेवाहरु उपलब्ध हुने बैंकले स्पष्ट पारेको छ ।

प्रकाशित : २५ फाल्गुन २०८०, शुक्रबार ११:५३