गरिमा विकास बैंकका ग्राहकले खल्तीमा पाउँनेछन् यस्ता सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गरिमा विकास बैंकका ग्राहकले खल्तीमा पाउँनेछन् यस्ता सुविधा



काठमाडौं । डिजिटल वालेट खल्ती र गरिमा विकास बैंकबीच डिजिटल भुक्तानीका लागी रणनितिक सम्झौता भएको छ । सम्झौता अन्तर्गत विकास बैंकका ग्राहकहरुले खल्ती वालेटका विभिन्न सुविधाहरूको उपभोग गर्न सक्ने जनाइएको छ ।

साझेदारी सँगै विकास बैंकका ग्राहकहरूले स्मार्टबैंक एप–गरिमा डिजिटल बटुवा बाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न सकिने छ । बैंकका अनुसार ग्राहकले खल्ती प्रयोग गरि मुभि, इभेन्ट लगायतको टिकट खरिद सँगै बिल भुक्तानी र अरू थुप्रै सुविधाहरूको लाभ उठाउन सक्ने छन् ।

बैंक बाट खल्तीमा लोड गर्ने सुविधा सँगसँगै खल्ती बाट गरिमा विकास बैंकको खातामा पठाउन पनि सकिने छ । उक्त सम्झौताको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले साझेदारीले डिजिटल नेपालको यात्रामा बलियो योगदान दिने बताए ।

प्रकाशित : २४ फाल्गुन २०८०, बिहीबार १३:११