सानिमा रिलायन्स लाइफद्वारा धौलागिरी बहुमुखी क्याम्पसमा बीमा सचेतना कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिमा रिलायन्स लाइफद्वारा धौलागिरी बहुमुखी क्याम्पसमा बीमा सचेतना कार्यक्रम सम्पन्न



काठमाडौं । धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बागलुङ शाखाले बिविएस प्रथम बर्षका बिद्यार्थीहरुका लागि बीमा सम्वन्धी सचेतना कार्यक्रम गरेको हो ।

कार्यक्रममा बीमा क्षेत्रको सम्भावना, जीवन बीमा गर्नुको फाइदा, बीमा क्षेत्रमा भएका अवसर लगायतका बिषयमा सहजिकरण गरिएको थियो । उक्त कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्र प्रबन्धक बलराम कँडेलले सहजिकरण गरेका थिए ।

सो अवसरमा धौलागिरी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख धुर्वराज गौतम, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बागलुङ शाखाका प्रवन्धक प्रेमप्रसाद ढकाल र मिना जिसीले मंतव्य व्यक्त गरेका थिए ।

प्रकाशित : २२ फाल्गुन २०८०, मंगलवार १३:२७