राष्ट्र बैंकले सार्वजनिक गर्‍यो २०८१ सालमा हुने सार्वजनिक बिदा, कुन–कुन दिन बिदा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो २०८१ सालमा हुने सार्वजनिक बिदा, कुन–कुन दिन बिदा ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ सालमा हुने बैंक विदाको सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकको जनशक्ति विभागले २०८१ सालमा हुने बैंक विदाको सुची सार्वजनिक गरेको हो ।

जसअनुसार बैंकले शनिवार बाहेक ३७ दिन विदा कायम गरेको छ । नेपाल सरकारले २०८१ सालमा हुने सार्वजनिक विदाको सूची सार्वजनिक गरेपछि राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाको लागि बैंक विदाको सूची सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले कार्यालय समय पनि तोकेको छ। जस अनुसार २०८० वैशाख १ गतेदेखि २०८० कार्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि २०८० चैत्र मसान्तसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ५:०० वजेसम्म कार्यालय समय कायम हुने छ। त्यस्तै २०८० कार्तिक १६ गतेदेखि २०८० माघ १५ गतेसम्म विहान १०:०० वजेदेखि अपरान्ह ४:०० वजेसम्म कार्यालय समय कायम गरिएको छ । प्रत्येक शुक्रवार विहान १०:०० वजेदेखि अपरान्ह १:३० वजेसम्म कार्यालय समय कायम गरिएको छ ।

बैंकिङ कारोबार समय भने २०८० वैशाख १ गतेदेखि २०८० कार्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि २०८० चैत्र मसान्तसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० वजेसम्म कायम गरिएको छ। २०८० कार्तिक १६ गतेदेखि २०८० माघ १५ गतेसम्म बैंकिङ कारोबार समय विहान १०:०० वजेदेखि अपरान्ह ३:०० वजेसम्म कायम गरिएको छ ।

प्रदेश सरकारले आ-आफनो प्रदेशमा घोषणा गरेको सार्वजनिक विदाका दिन बढीमा ६ दिन सम्बन्धित प्रदेशमा रहेका कार्यालयमा सार्वजनिक विदा हुने छ । काठमाडौँ उपत्यकाको हकमा भने गृह मन्त्रालयको निर्णय बमोजिम हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : १८ फाल्गुन २०८०, शुक्रबार १५:०९