सिटिजन लाइफको १८ लाख ७५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन लाइफको १८ लाख ७५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ५ प्रतिशत बापतको बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत गराएको हो । कम्पनीको १८ लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितगा्रही खातामा जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन् ।

प्रकाशित : १७ फाल्गुन २०८०, बिहीबार ११:४०