नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बोलायो वार्षिक साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बोलायो वार्षिक साधारण सभा



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंकले आगामी चैत २० गते साधारण सभा गर्ने भएको हो ।

बैंकको साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा ६ जना संचालन चयन गर्न निर्वाचन हुनेछ ।

सभाले संस्थापक तर्फ ४ जना र सर्वसाधारण तर्फ २ जना संचालक चयन गर्नेछ । बैंकले यो वर्ष सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

यस्तै, सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका एजेन्डामा छलफल गरि पारित हुनेछ ।

सभा प्रयोजनका लागि बैंकले आउँदो फागुन २४ गते बिहीबारदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

प्रकाशित : १७ फाल्गुन २०८०, बिहीबार ११:३७