सामाजिक पूननिर्माणको काम सबैभन्दा कठीनः प्रमुख कार्यकारी अधिकृत पोखरेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सामाजिक पूननिर्माणको काम सबैभन्दा कठीनः प्रमुख कार्यकारी अधिकृत पोखरेल



काठमाडौं, ४ चैत । राष्ट्रिय पूननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राध्यापक गोविन्दराज पोखरेलले भूकम्पपछिको सामाजिक पूननिर्माणको काम सबैभन्दा कठीन रहेको जनाएका छन् । शान्ति शिक्षा अभियान नेपालले ललितपुरमा शुक्रवार आयोजना गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले सामाजिक पूननिर्माणको काम धेरै बाँकी रहेको उल्लेख गर्दै त्यसमा हरेक समुदाय तथा सामाजिक संघ संस्थाको भुमिका आवश्यक र महत्वपूर्ण हुने बताए ।

सामाजिक, भौतिक र आर्थिक पूननिर्माणको कामलाई सँगै लिएर जान सके मात्र सहि अर्थमा पूननिर्माण हुने पोखरेलले बताए । पूननिर्माण ढीलो भयो भन्ने गुनासो पनि छ तर पूननिर्माण ढीलो भयो भन्दा पनि राम्रो भयोकी भएन भन्ने महत्वपूर्ण हो पोखरेलले बताए ।

कार्यक्रममा भूकम्पपछि ललितपुर, काठमाडौं, काभ्रेपलाञ्चोक र दोलखाका २२ वटा विद्यालय पूननिर्माण गरिसकेको शान्ति शिक्षा अभियानले ललितपुरका जिल्ला शिक्षा कार्यालय अन्तर्गतका १५ वटा स्रोत केन्द्रलाई ल्यापटप हस्तान्तरण गरको थियो । ल्यापटप हस्तान्तरण गर्दै प्राधिकरणका कार्यकारी अधिकृत पोखरेलले भने,  सिंहदरवारले पूननिर्माणका लागि माहौल बनाउने हो । काम समुदाय, सामाजिक संघसंस्था र व्यक्ति स्वयंले नै गर्ने हो । विभिन्न व्यक्ति तथा संस्थाहरुको आर्थिक सहयोग जुटाइ शिक्षा क्षेत्रमा योगदान गर्दै आएको अभियानले ३ करोड रुपैयाँ पूननिर्माण तथा विद्यालय शिक्षामा खर्च गरेको संस्थाका अध्यक्ष रविन्द्र महर्जनले बताए । कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्यारउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो।

प्रकाशित : ४ चैत्र २०७३, शुक्रबार ०८:५७