सेयर बजारमा झिनो अंककाे गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा झिनो अंककाे गिरावट



काठमाडौं । बुधबार सेयर बजार झिनो अंकले घटेर ओरालाे लागेको छ । आज बजार ०.८७ अंक घटेर २०००.७७ बिन्दुमा रोकिएको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.६३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंक घटेको छ।

३०० कम्पनीको ५१ लाख १५ हजार कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब तीन करोड ८१ लाख १३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा बैंकिङ समूहको ७.४२, विकास बैंक ४३.७२, वित्त १७.५८, जलविद्युत २१.४३, जीवन बिमा ५१.२९, माइक्रोफाइनान्स ५.४९, निर्जीबन बिमा समूहको उपसूचक ३७.५२ अंक घटेको छ । भने, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ३१७.५७, होटल २.२०, टेड्रिङ १५०.६७ अंक बढेको छ।

बिशाल बजार कम्पनी, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई) र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, आज चिरख्वा हाइड्रोपावरको सेयरमूल्य पनि उच्च अंकले बढेको छ। आज सामलिङ्ग पावर कम्पनीको सेयरमूल्य भने सर्वाधिक घटेको छ।

आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज १२ करोड ६९ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : १६ फाल्गुन २०८०, बुधबार १५:१९