धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तीका लागि दरखास्त आह्वान गरिएको छ । बोर्डको अध्यक्ष पदमा नियुक्तीको लागि गठित सिफारिस समितिले बुधबार सूचना प्रकाशित गर्दै खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।

समितीले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट गोप्य खामबन्दी आवेदन माग गरेको छ ।

इच्छुक नागरिकले आज फागुन १६ गतेदेखि १५ दिन भित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाण्डौंमा आवेदन दिनुपर्नेछ ।

प्रकाशित : १६ फाल्गुन २०८०, बुधबार ११:३५