सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गर्‍यो नगद लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गर्‍यो नगद लाभांश घोषणा



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश दिने घोषणा गरेको छ। कम्पनीको फागुन १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजी दुई अर्ब ६२ करोड २६ लाख ३८ हजारको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

प्रकाशित : १५ फाल्गुन २०८०, मंगलवार ११:५३