भद्रकुमारी रा.प्रा.वि. मा नवदुर्गाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

भद्रकुमारी रा.प्रा.वि. मा नवदुर्गाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



भरतपुर । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भरतपुरका बिभिन्न बिध्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जसमा भरतपुर-५ स्थित श्री कैलाशनगर माध्यामिक बिध्यालय श्री राष्ट्रीय मावि तोरीखेत र श्री मा वि इन्द्रपुरी पछि शुक्रबार फागुन ११ गते भरतपुर-५,अवस्थित श्री भद्रकुमारी रा आ वि का ६ देखि ८ कक्षा सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जसमा ६० जना विद्यार्थी सहभागी थिए ।

विद्यालय स्तरमा यो वित्तीय साक्षरता कार्यक्रम चितवनका सम्पुर्ण सहकारी मध्येबाट नवदुर्गा भवानीले अभियानका रूपमा थालनि गरेको पहिलो कार्यक्रम रहेको यो कार्यक्रम आफ्नो कार्यक्षेत्र भित्र रहेका सम्पुर्ण शिक्षण संस्था स्कुल स्कुलमा संचालन गरि वित्तिय साक्षरताको ज्ञान बिध्यार्थीलाई स्कुले जीवन देखिनै दिदै लैजानाले आर्थिक रूपले भविष्य संकट नपर्ने नवदुर्गा भवानी साकोसका सचिव रामकृष्ण पौडेलले बताए । स्कुल स्कुलमा वित्तीय साक्षरताझ कार्यक्रमलाई अभियानको रूपमा लैजाने कुरा संस्थाकि उपाध्यक्ष संझना शर्माले बताउदै कार्यक्रमको महत्वबारे बताएकी थिईन् ।

कार्यक्रमको सभापतित्व गरेकि शर्माले कार्यक्रमको बारे प्रकाश पारेकी थिईन् भने उक्त स्कुलकि सहायक प्रधानाध्यापक रोजीना न्यौपाने ज्युले संस्थालाई स्वागत गर्दै यस्तो वित्तिय साक्षरता कार्यक्रम बिध्यालय स्तरमा एकदम उपयुत्त रहेको र समयसापेक्ष नवदुर्गाले यस्तो कार्यक्रम शिक्षण संस्थामा संचालन गरेकोमा धन्यवाद ज्ञापन गर्दै आफ्नो बिध्यालयमा पनि आयोजना गरी आफ्नो छात्र छात्रालाई निकै महत्वपुर्ण ज्ञान दिएकोमा नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था प्रति आभार प्रकट गर्दै आफ्नो भनाई राखेकि थिईन् ।

कार्यक्रमलाई संस्थाका व्यवस्थापक विष्णुप्रसाद पौडेलले वित्तिय साक्षरताबारे सहजीकरण गरेका थिए र उक्त वित्तिय साक्षरता कार्यक्रममा श्री भद्रकुमारी रा आ वि का सम्पुर्ण शिक्षक शिक्षिकाहरू र नवदुर्गा भवानी साकोसका संचालकहरू पनि सहभागी रहेका थिए भने कार्यक्रम संचालन झलक प्रसाद सिग्देलले गरेका थिए ।

प्रकाशित : १३ फाल्गुन २०८०, आईतवार १६:५५