गल्फ लुब्रिकेन्ट्सद्वारा चितवनमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

गल्फ लुब्रिकेन्ट्सद्वारा चितवनमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न



काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले आफ्ना रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंगको भेटघाट तथा छलफल कार्यक्रम भव्यताका साथ चितवनमा सम्पन्न गरेको छ ।

नेपाल ल्युब आयल लिमिटेडका चितवनको लागि आधिकारीक डिलर आशीर्वाद अटो ट्रेडिङ्गको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा उत्साजनक रुपमा बिक्रेता र मेकानिक्सहरुले सहभागिता जनाएका थिए ।

आशीर्वाद अटो ट्रेडिङ्गका प्रवन्धक सुवास कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी नेपाल अटो मोबाईल्स डिलर एसोसिएसन (नाडा)का बाग्मती प्रदेश प्रमुख एवं चितवन अटो मोबाईल एसोसिएसनका अध्यक्ष कुल बहादुर क्षेत्री रहेका थिए भने नेपाल ल्युब आयल लिमिटेडका उपमहाप्रबन्धक दिवाकर मिश्र सहित नेपाल ल्युब आयल लिमिटेडका सेल्स तथा मार्केटिङ टिमको पनि उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका उपमहाप्रबन्धक दिवाकर मिश्रले भने, “यो भेटघाट कार्यक्रम हाम्रो लागि निकै महत्त्वपूर्ण रहेको छ र यो हामी देशभरी संचालन गर्दै आएका छौ। यो कार्यक्रमको मुख्य उद्देश्य भनेको विभिन्न क्षेत्रमा रहेका रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंग प्रत्यक्ष भेटघाट गरी उहाहरुको सल्लाह र सुझाब लिई, त्यही अनुरुप रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मैत्रीनीति बनाउनु हो।“

कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका एसिष्टेन्ट म्यानेजर राजन रावलले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए । उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृतमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा , चितवन अटो मोबाईल एसोसिएसनका निवर्तमान अध्यक्ष कृष्ण काफ्ले,चितवन अटो मोबाईल एसोसिएसनका पुर्व अध्यक्ष कृष्ण प्रसाद भण्डारी एवं चितवन अटो मेकानिकल ब्यवसायी संघका अध्यक्ष रामबहादुर तिमिल्सिना लगायतका बक्ताहरुले आफ्ना मन्तब्य राखेका थिए।

कार्यक्रममा लुब्रिकेन्ट्स बिक्रीमा उत्कृष्ट प्रदर्शन गर्ने रिटेलर एवं मेकानिकहरुलाई हौसला स्वरुप सम्मान समेत गरिएको थियो । फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ ।

प्रकाशित : १३ फाल्गुन २०८०, आईतवार १४:२३