कृषि विकास बैंकमा ११२ जना कर्मचारी आवश्यकता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कृषि विकास बैंकमा ११२ जना कर्मचारी आवश्यकता



काठमाडौं । कृषि विकास बैंकले ११२ कर्मचारी माग गरेको छ । बैंकले फागुन ११ गते एक सूचनामार्फत स्थायी दरबन्दीका लागि कर्मचारी माग गरेको हो ।

जसमा बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत र २ जना कम्प्युटर अधिकृत माग गरेको छ । यस्तै, १ जना आइटी इन्जिनियर, कानून सहायक १ जना, ६ जना कर्जा अधिकृत, १६ जना व्यवसाय सहायक, १ जना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापाल माग गरेको छ ।

योग्यता पुगेका इच्छुक आवेदकले आजदेखि चैत १ गतेसम्म आवेदन दिन सक्नेछन् । इच्छुकले अनलाइनबाट फाराम भर्न सक्ने बैंकले जनाएको छ ।

प्रकाशित : ११ फाल्गुन २०८०, शुक्रबार १०:५१