ललितपुरकाे १ नंं. वडा जेष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप लगाउने पहिलो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

ललितपुरकाे १ नंं. वडा जेष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप लगाउने पहिलो



काठमाडौं । ललितपुर महानगरपालिकाको १ नंं. वडा ६८ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई निमोनिया विरुद्धको खोप लगाउने नेपाल कै पहिलो वडा भएको छ । वडा अध्यक्ष निर्मल तण्डुकारका अनुसार वडास्तरीय विनियोजित बजेटबाटै खोप खरिद गरि वितरण गरिएको जनाएका छन् ।

ललितपुर महानगरपालिका १ वडाको योजना क्षेत्रमा कार्यसम्पादन गर्दै आएका अधिकृत सन्तोष पौडेलले ललितपुर महानगरपालिका नगर कार्यपालिकाको सहयोगमा विगतका वर्षहरुमा पनि खोप कार्यक्रम सुचारु भईरहेको थियो । केहि वडावासीहरुले आफ्नै व्यक्तिगत स्रोतबाट लगाए भने बाँकी आमाबुबालाई वडाबाट खोप व्यवस्थापन गरिएको हो ।

उनले हालसम्म ललितपुर महानगरपालिका १ वडामा ३०० भन्दा बढि जेष्ठ नागरिकहरुले खोप लगाएको तथ्यांक वडा कार्यालयमा रहेको बताए।

यसका साथै ललितपुर महानगरपालिका १ वडा नेपालकै पहिलो डिजिटल स्वास्थ्य प्रोफाइल निर्माण गर्ने वडा भएको र केहि दिनपछि नेपालकै पहिलो हरेक घरधुरीमा कम्पोष्टविन पुगेको वडाको रुपमा घोषणा गर्ने तयारी रहेको वडा कार्यालयले जानकारी दिएको छ ।

((

प्रकाशित : ११ फाल्गुन २०८०, शुक्रबार १०:३५