नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकबीच भुक्तानी प्रणाली एकीकृत गर्ने सहमती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकबीच भुक्तानी प्रणाली एकीकृत गर्ने सहमती



काठमाडौं। नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच भुक्तानी प्रणाली एकीकृत गर्ने समझदारी भएको छ । राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकबीच अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणालीको विकासको निम्ति नेपालको National Payments Interface (NPI) र भारतको Unified Payments Interface (UPI) को प्रणालीलाई एकीकृत गर्ने सम्बन्धमा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने सम्बन्धमा समझदारी भई एक Terms of Reference (TOR) मा हस्ताक्षर भएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दासको उपस्थितिमा गत फागुन ३ गते भारतको मुम्बईमा आयोजित कार्यक्रममा सो सम्बन्धी द्विपक्षीय समझदारीकोTerms of Reference (TOR) मा हस्ताक्षर भएको हो । TOR मा नेपाल राष्ट्र बैंकका तर्फबाट विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे र भारतीय रिजर्व बैंकको तर्फबाट भुक्तानी तथा फछ्र्यौट विभागका चिफ जनरल मेनेजर गुनबीर सिंहले हस्ताक्षर गरेका थिए ।

सो अवसरमा नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच गठित अन्तरदेशीय विद्युतीय भुक्तानीसँग सम्बन्धित Joint Steering Committee पहिलो बैठकसमेत सम्पन्न भएको छ ।

NPI र UPI को भुक्तानी प्रणालीको एकीकृत गर्ने सम्झौताको कार्यान्वयनपछि दुई मुलुकबीच हुने अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबार सहज, सुलभ, छिटो र सुरक्षित हुने अपेक्षा गरिएको छ ।

यसबाट नेपाल र भारतका नागरिकलाई आफ्नो मुलुकमा विप्रेषण ट्रान्सफर, स्वास्थ्य उपचार, भ्रमण खर्चको भुक्तानीका निम्ति सहज हुने विश्वास लिइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको समयमा NPI र UPI बीच अन्तरआबद्धताको लागि नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड बीच सन् २०२३ जुनमा समझदारीपत्र आदानप्रदान भएको थियो ।

प्रकाशित : १० फाल्गुन २०८०, बिहीबार १६:२०