चैत १ गतेदेखि बैंकहरुले संस्थागत मुद्दतीमा बढी ब्याज दिन पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चैत १ गतेदेखि बैंकहरुले संस्थागत मुद्दतीमा बढी ब्याज दिन पाउने



काठमाडौं । बैंकहरुले संस्थागत मुद्दतीमा बढी ब्याज दिन पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरुको लागि नयाँ निर्देशन जारी गर्दै चैत १ गतेदेखि लागू हुने गरी साे व्यवस्था गरेको हो ।

मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाको कार्यान्वयनको लागि राष्ट्र बैंकले सर्कुलर जारी गरेको हाे।

‘अहिले बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको तुलनामा संस्थागत निक्षेपमा २ प्रतिशत कम ब्याज दिनुपर्ने व्यवस्था छ। चैतदेखि भने व्यक्तिगतको तुलनामा १ प्रतिशत मात्रै कम ब्याज दिए हुन्छ। यसले गर्दा बैंकहरुले संस्थागत निक्षेपकर्तालाई बढी ब्याज दिन पाउने भएका छन्।

यस्तो छ राष्ट्र बैंकको निर्देशन:

प्रकाशित : १० फाल्गुन २०८०, बिहीबार १३:४३