मिड सोलु हाइड्रोपावरले म्युचुअल फण्डहरुलाई बाँडफाँट गरेको सेयरको ‘लक इन’ अवधि चैत १० गते सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मिड सोलु हाइड्रोपावरले म्युचुअल फण्डहरुलाई बाँडफाँट गरेको सेयरको ‘लक इन’ अवधि चैत १० गते सकिने



काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडको म्युचुअल फण्डहरुलाई बाँडफाँट गरेको सेयरको ‘लक इन’ अवधि चैत १० गते सकिने भएको छ । लक इन अवधि सकिएपछि म्युचुअल फण्डले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

कम्पनीका अनुसार हाल ३७ हजार ४२० कित्ता सेयर म्युचुअल फण्डहरुको ‘लक इन’ रहेको छ । नेपाल धितोपत्र बोर्डले गत कात्तिक २० गते म्युचुअल फण्डहरुलाई बिक्री गरेको आइपीओ ६ महिनासम्म ‘लक इन’ राख्नु पर्ने व्यवस्था गरेको थियो ।

प्रकाशित : १० फाल्गुन २०८०, बिहीबार १२:५९