भूगोल इनर्जीकाे नोक्सानी घट्याे, दोस्रो त्रैमाससम्म एक करोड १४ लाख नोक्सानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

भूगोल इनर्जीकाे नोक्सानी घट्याे, दोस्रो त्रैमाससम्म एक करोड १४ लाख नोक्सानी



काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड एक करोड १४ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म तीन करोड ९९ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष दुइ करोड ८४ लाख रूपैयाँभन्दा बढीले नोक्सानी घटाएको हो ।

यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी बढेसँगै कम्पनीको नोक्सानी घटेको हो । गत वर्ष यस अवधिसम्म एक करोड ७१ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष तीन करोड ७१ लाख रूपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । बिक्री खर्च पनि यस वर्ष बढेको छ । गत वर्ष पाँच लाख ३९ हजार रूपैयाँभन्दा बढी विद्युत बिक्री खर्च गरेको कम्पनीले यस वर्ष नाै‌ लाख ३६ हजार रूपैयाँभन्दा बढी यो खर्च गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ५४ करोड ४० लाख ५३ हजार रूपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम २१ करोड ६८ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । दिर्घकालिन कर्जा ५३ करोड १५ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा भने २० लाख रूपैयाँ छ । वार्षिक प्रतिशेयर २ रूपैयाँ प्रतिसेयर नोक्सानीका रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ६० रूपैयाँ १४ पैसा रहेको छ ।

प्रकाशित : १० फाल्गुन २०८०, बिहीबार १२:२१