अम्बे स्टील्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दै,साधारणसभा आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

अम्बे स्टील्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दै,साधारणसभा आह्वान



काठमाडाैं । अम्बे स्टील्स लिमिटेडले फागुन २३ गते साधारणसभा डाकेको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित साधारणसभा आह्वान गरेको हो ।

सभामा कम्पनीकाे सञ्चालकहरुको पारीश्रमिक र भत्ता सम्बन्धी तथा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने सम्बन्धी प्रस्ताव उपर छलफल तथा पारीत गर्ने प्रस्ताव रहेकाे छ । त्यस्तै, प्रबन्धपत्रको दफा ६ को उपदफा (ङ) संशोधन सम्बन्धि प्रस्ताव उपर छलफल तथा पारीत गर्ने कम्पनी सचिव नियुक्ति गर्ने, सेयरको सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धक र अण्डरराईटर नियुक्त गर्ने प्रस्ताव रहेकाे छ ।

साथै, कम्पनीको सेयर प्रिमियम मूल्यमा सर्वसाधारणमा (आईपीओ) जारी एवं बिक्री गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य अगाडी बढाउनको लागी सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश गर्ने छ ।

यो अम्बे ग्रुप अन्तर्गतको कम्पनी हो । कम्पनीले टिएमटी छड, जिआई तार, ग्याबियन बक्स लगायतका निर्माण सामग्री उत्पादन गर्दै आएको छ ।

प्रकाशित : ८ फाल्गुन २०८०, मंगलवार १५:०१