सोमबार सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सोमबार सार्वजनिक बिदा



काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । प्रजातन्त्र दिवसको अवसरमा सरकारले फागुन ७ गते सोमबार बिदा दिने निर्णय गरेको हो ।

यससँगै सोमबार बैंक तथा वित्तीय संस्था, सेयर बजार लगायत सम्पूर्ण सरकारी कार्यालयहरू बन्द हुनेछन् । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

प्रकाशित : ६ फाल्गुन २०८०, आईतवार १७:०९