दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झालाई किन दलियो कालोमोसो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झालाई किन दलियो कालोमोसो ?



काठमाडौं । दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झालाई कालोमोसो दलिएको छ । अनियमिता र भ्रष्टाचार गरेको आरोपमा मोहन वैद्य सम्बद्ध क्रान्तिकारी युवा संगठनले कालोमोसो दलिदिएको हो ।

संगठनको एक समूहले लैनचोर नजिकै संस्थानमै पुगेर शुक्रबार बिहान दुर्व्यवहार गरेको जनाइएको छ । समूहले झाले संस्थाको रकम व्यक्तिगत प्रयोजनका लागि खर्च गरेको, कृषकलाई दुधको पैसा भुक्तानी नगरेको लगायतका आरोप लगाएको छ ।

संगठनले केही दिन अघि मात्र यातायात व्यवस्था विभागका महानिर्देशकलाई पनि कालोमोसो दलेको थियो ।

प्रकाशित : ४ फाल्गुन २०८०, शुक्रबार १६:३६