काठमाडाैं । पूर्व अर्थ सचिव रामेश्वर खनालले कुल ग्राहस्थ उत्पादन जिडिपी मा सहकारीको योगदान बढाउनु पर्ने बताएका छन् । ललितपुर जिल्ला बचत तथा सहकारी संघको आयोजनामा आजबाट सुरु भएको साकोस अध्यक्षहरुको गोष्ठीमा नेपालको अर्थतन्त्रमा सहकारी क्षेत्रको उपस्थितिःराष्ट्रिय पुँजी निमार्ण र ग्राहस्थ उत्पादनमा योगदान विषयमा कार्यपत्र पस्तुत गर्दै उनले सहकारीको जिडिपीमा योगदान २.६२ प्रतिशतबाट १.५ प्रतिशतमा झरेको बताए ।
दुई वर्षघिको तथ्यांकमा आधारित सहकारीमा गरिएको पुँजी लगानी, गरिएको बचत परिचालन र कारोबारको समग्र अवस्थालाई मुल्यांकन गरेर हेर्दा सहकारी क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा पुर्याएको योगदान करीब २.६२ प्रतिशत देखिएको थियो। राष्ट्रिय सहकारी विकास बोर्डले आर्थिक वर्ष २०८२÷८३ सम्म ५ प्रातिशत पुर्याउने र २५ वर्षको अवधिमा बढाएर १५ प्रतिशत पुर्याउने लक्ष लिएको थियो।
तर विगत दुई वर्षको अवधिमा प्रकट भएको सहकारी वित्तीय प्रणालीको सम्पत्तिमा आएको ह्रासलाई हेर्ने हो भने पछिल्ला आर्थिक वर्षहरूमा सहकारी क्षेत्रले गार्हस्थ्य उत्पादनमा पुर्याएको योग्दान २.६२ प्रतिशतबाट घटेर १.५ प्रतिशतमा झरेको उनको भनाई छ । पछिल्को समयममा सहकारी क्षेत्रको करीब १०० अर्ब रुपैयाको सम्पत्ति संकटग्रस्त बन्न गएको उनले बताए ।
राष्ट्रिय तथ्यांक कार्यालयले समग्र रूपमा सहकारी संस्थाहरूले एक वर्षमा कति राष्ट्रिय पुँजी निर्माणमा योगदान पुर्याए त भनेर अलग्गै गणना नगर्ने उनले बताए निजी प्रतिष्ठान र घरायशी क्षेत्र जस्तो आर्थिक गतिविधिमा विविधता सहकारीको नभएको उनले बताए । पर्यटन, जलविद्युत उत्पादन, ठुला उद्योग, खानी उत्खनन्, सुचना प्रविधिमा आधारित सेवा, ढुवानी तथा हवाई यातायात सेवा, निर्माण व्यवसाय आदिमामा सहकारीको उपस्थिति शून्य रहेको खनालको भनाई छ।
खेती, बन, मत्स्यपालन, र खानी उत्खननमा सहकारीको संलग्नता नरहेको उनले जानकारी दिए । त्यसैगरी द्वितीयक क्षेत्रमा उत्पादनशील उद्योग, विद्युत उत्पादन, खानेपानी तथा सरसफाइ क्रियाकलाप, र निर्माण जस्ता क्षेत्रमा पनि सहकारीको लगानी एकदमै गौण रहेको खनालले बताए ।
सेवा क्षेत्रमा वित्तीय सेवा र नगण्य खुद्रा व्यापार सेवा बाहेकका अरू उपक्षेत्रहरू जस्तै होटेल तथा रेस्टुरेन्ट, सूचना प्रविधि सेवा, शिक्षा, स्वास्थ्य सेवा, कला तथा मनोरञ्जन, घरायसी सेवा, ढुवानी तथा भण्डारण सेवा, सार्वजनिक प्रशासन, रियल इस्टेट क्रियाकलाप जस्ता काममा सहकारीको संलगनता शुन्यप्राय रहेको छ।
Comment