स्थानीयलाई निष्काशन गरेको सर्वोत्तम सिमेन्टकाे आईपीओ बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

स्थानीयलाई निष्काशन गरेको सर्वोत्तम सिमेन्टकाे आईपीओ बाँडफाँड



काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले आयोजना प्रभावित र खानी प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटलले आज सेयर बाँडफाँड गरेका हुन् ।

कम्पनीले पुस २५ देखि माघ २५ सम्म आयोजना प्रभावित स्थानियलाई नाै‌ लाख ३० हजार कित्ता सेयर निष्काशन गरेको थियो। कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६०.९० रुपैयाँ रहेको थियो ।

क्यापिटलका अनुसार यस निष्काशनमा एक हजार २२४ जना आवेदकहरुबाट आवेदन परेको थियो । क्यापिटलले एक हजार २२४ जना मार्फत रीतपुर्वक प्राप्त भएका आवेदकलाई दुइ लाख ४८ हजार चार सय ७० कित्ता सेयर बाँडफाँड गरिएको जनाएको छ । बुक विल्डिंगको नियम अनुसार २२४ जना आवेदकलाई न्यूनतम ५० कित्तामा नघट्ने गरी सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

साथै, उद्योग प्रभावित क्षेत्र तथा खानी उत्खनन् क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको नाै‌ लाख ३० हजार कित्ता सेयरमध्ये बिक्री नभएको छ लाख ८१ हजार ५३० कित्ता सेयर सर्वसाधारण (सामुहिक लगानी कोष र कम्पनीका कर्मचारी समेत) को लागि छुट्याइएको शेयरमा थप गरी सार्वजनिक निष्कासन गरिने क्यापिटलले जनाएको छ ।

प्रकाशित : २ फाल्गुन २०८०, बुधबार १५:५७