प्रियंका कार्की, आयुष्मान देशराज र आयांका बने वात्सल्यका ब्राण्ड ऐम्बेस्डर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

प्रियंका कार्की, आयुष्मान देशराज र आयांका बने वात्सल्यका ब्राण्ड ऐम्बेस्डर



काठमाडौं । वात्सल्य नेचुरल आइभिएफले ब्राण्ड एम्बेस्डरको रूपमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान देशराज र उनीहरूको छोरी आयांकालाई संयुक्त रूपमा नियुक्त गरेको छ। वात्सल्यको नारायणचौरस्थित क्लिनिकमा भएको एक कार्यक्रममा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता बमोजिम प्रियंका कार्की, आयुष्मान देशराज र आयांकाले निःसन्तानसँग सम्बन्धित विषयमा जागरुकता फैलाउने र उपचारमा पहुँच बढाउने कार्यमा संलग्न रहनेछन्।

वात्सल्य क्लिनिकका संस्थापकरप्रबन्ध निर्देशक प्रशान्त सुवेदी ब्राण्ड एम्बेस्डरको रूपमा तीनै जनालाई संयुक्त रूपमा लिन पाउँदा खुशी व्यक्त गर्दै निःसन्तान सम्बन्धी कुण्ठालाई उनीहरूमार्फत् थप प्रभावकारी रूपमा जागरुकता फैलाउन सक्नेमा आफू आशावादी रहेको बताए।

अभिनेत्री कार्की आफ्नो खुला सोचरधारणाका कारण धेरै महिलाहरूको लागि अनुकरणीय बनेको र स्पष्ट वक्ता भएको कारण उनको प्राभाव नयाँ पुस्तामा गहिरो रहेको र हालै मातृत्व र पितृत्व भूमिका निभाउँदै गरेका यस दम्पतीले सन्तान प्राप्तिको अनुभवलाई राम्ररी उजागर गर्न सक्नेमा पनि आफू विश्वसित रहेको सुवेदीले जनाएका छन्।

यस्तै बदलिँदो जीवनशैली र खानपानले गर्दा सन्तान प्राप्तिको चुनौती थपिँदै गएको अवस्थामा यस सम्बन्धी सचेतना फैलाउने र सन्तान नहुनुमा आफू वा आफ्नो जीवनसाथीलाई दोषी ठहर्‍याउनुभन्दा उपचार गराउनु जाती हुन्छ भन्ने सकारात्मक सन्देश फैलाउने भूमिका पाउँदा आफूहरू उत्साहित रहेको अभिनेत्री कार्कीले जानाएकी छिन्।

यस्तै आफ्नो परिवार पूर्ण बनाउन आधुनिक आइभिएफ उपचारको निर्णय जटिल रहेको तर खासमा बुझ्दै जाँदा यो प्रविधि लाभकारी नै रहेको आफूहरुले थाहा पाएको कारण यस सम्बन्धी आफूले बुझेको तथ्य प्रभावकारी रूपमा सबैमा राख्दै जाने अभिनेता जोशीले बताए।

प्रकाशित : १ फाल्गुन २०८०, मंगलवार ११:३९