बजेटको आकार दुई खर्ब २१ अर्ब बढीले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बजेटको आकार दुई खर्ब २१ अर्ब बढीले घट्याे



काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको आकार घटाएको छ । सोमबार चालु आर्थिक वर्षको बजेटको अर्धबार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थ मन्त्री महतले बजेटको आकार घटाइएको घोषणा गरेका हुन्।

उनका अनुसार अब बजेटको आकार १५ खर्ब ३० अर्ब कायम गरिएको छ । जुन कुल बिनियोजनको ८७.३८ प्रतिशत हो ।

अर्थमन्त्री महतले गत जेठ १५ गते चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएका थिए। अब भने बजेटको आकार १५ खर्ब ३० अर्ब कायम गरिएको हो।

प्रकाशित : २९ माघ २०८०, सोमबार १६:२२