हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने, साधारणसभा आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने, साधारणसभा आह्वान



काठमाडौं । हिमालयन रिइन्स्याेरेन्सले फागुन २० गते वार्षिक साधारण सभा डाकेको छ। सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ। आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

त्यसैगरी, बोनस सेयर वितरण पश्चात कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश हुनेछ। सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, फागुन ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित : २८ माघ २०८०, आईतवार १६:४१