महुली लघुवित्तको नाफा १.४५ प्रतिशतले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महुली लघुवित्तको नाफा १.४५ प्रतिशतले घट्याे



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सामान्य गिरावट आएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको नाफामा १.४५ प्रतिशतले कम आएको हो ।

यस अवधिमा कम्पनीले दुई करोड ६१ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको पुससम्म दुई करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी १५ करोड ९९ लाखबाट घटेर १२ करोड २३ लाख रुपैयाँ कायम भएको छ । उक्त आम्दानी घट्दा नाफामा सामान्य असर परेको हो । यसको इम्पेयमेन्ट चार्ज पाँच करोड ४२ लाखबाट घटेर एक करोड १८ लाख रुपैयाँ कायम भएको छ ।

महुलीको सञ्चालन नाफा १.४६ प्रतिशतले घटेर तीन करोड ७३ लाख रुपैयाँमा झरेको छ । यस लघुवित्तको चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा २३ करोड १९ लाख रुपैयाँ जम्मा रहेको छ । यसको वितरणयोग्य नाफा सात करोड ६३ लाख रुपैयाँ रहेको छ । त्यसैले यसले उक्त रकमबाट २३.७० प्रतिशतसम्म लाभांश वितरण गर्न सक्छ ।

यसअवधिसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी (वार्षिक) १६ रुपैयाँ २० पैसा देखिएको छ । प्रतिसेयर नेटवर्थ भने १९५ रुपैयाँ ६६ पैसा छ । यस लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले चार लाख ७५ हजार ४४९ कित्ता एफपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

प्रकाशित : २३ माघ २०८०, मंगलवार १४:३४