सूर्य ज्योति लाइफ इन्स्योरेन्सकाे नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सूर्य ज्योति लाइफ इन्स्योरेन्सकाे नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं। सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा उल्लेख्य बृद्धि भएको छ । कम्पनीकोे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफा ६२.९३ प्रतिशतले बढेर २३ करोड ६६ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको यसैअवधिमा कम्पनीले १४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, यस अवधिमा खुद बिमा शुल्क आर्जन ६३.५९ प्रतिशतले बढेर चार अर्ब १५ करोड रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले दुई अर्ब ५४ करोड १२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा यो रकम ७६ करोड ७९ लाख रुपैयाँमा सीमित थियो।

कम्पनीको कुल खर्च पाँच अर्ब ६२ करोड ८३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको कुल खर्च तीन अर्ब ३० करोड ४५ लाख रुपैयाँ थियो।

त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३० अर्ब ५१ करोड ६९ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो आवको तुलनामा ११.२१ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषको आकार २७ अर्ब ४४ करोड रुपैयाँबराबरको थियो ।

हाल यसको चुक्ता पुँजी चार अर्ब ५४ करोड ५५ लाख ७२ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०२ पैसाले बढेर १० रुपैयाँ ४१ पैसा (वार्षिक) पुगेको छ । प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ १५ पैसा छ ।

प्रकाशित : २२ माघ २०८०, सोमबार ११:२६