माण्डु हाइड्रोपावरकाे म्युचुअल फन्डलाई छुट्याएको सेयरको लकिङ्ग अवधि सकिँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

माण्डु हाइड्रोपावरकाे म्युचुअल फन्डलाई छुट्याएको सेयरको लकिङ्ग अवधि सकिँदै



काठमाडौं । माण्डु हाइड्रोपावरले सामूहिक लगानी कोषहरुको लागि छुट्याएको साधारण सेयरको लकिङ्ग अवधि फागुन २३ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि म्युचुअल फन्डले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर मध्येको ५ प्रतिशतले हुन आउने ७२ हजार १३३ कित्ता सेयर मध्ये नेपाल धितोपत्र बोर्डबाट जारी भएको निर्देशन बमोजिम लकिङ्गमा राखिएको २२ हजार ९३५ कित्ता सेयर फागुन २३ गते समाप्त हुने भएको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख रुपैयाँको १२ प्रतिशत अर्थात् १६ लाख ३६ हजार ३७० कित्ता साधारण सेयर मध्येको ५ प्रतिशतले हुन आउने ७२ हजार १३३ कित्ता सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम सामूहिक लगानी कोषहरुको लागि छुट्याई बाँडफाँड गरी सर्वसाधारणलाई गत भदौ २४ गते बाँडफाँड गरिएको थियो ।

धितोपत्र बोर्डको निर्देशनअनुसार सामूहिक लगानी कोष योजनाहरुलाई बाँडफाँड गरिएको साधारण सेयर सर्वसाधारणलाई सार्वजनिक निष्कासन गरी बाँडफाँड भएको मितिले ६ महिनासम्म लकिङ्ग राख्नुपर्ने व्यवस्था छ ।

प्रकाशित : २२ माघ २०८०, सोमबार १०:२१