कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । कामना सेवा विकास बैंकले पाँच लाख नौ हजार ८९२ कित्ता संस्थापक सेयर लिलामी बिक्री गर्ने भएको छ । उक्त सेयरमा बुधबारदेखि माघ २३ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनी, अन्य व्यक्ति, समूह, संघ संस्थाले समेत बोलपत्र मार्फत आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ कायम गरिएको छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बोलपत्र मार्फत आवेदन प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पेश गर्नुपर्ने छ ।

प्रकाशित : १७ माघ २०८०, बुधबार १२:४१