दोस्रो त्रैमाससम्म पोलिसी सरेण्डर गर्नेको संख्या ५३ हजार नाघ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दोस्रो त्रैमाससम्म पोलिसी सरेण्डर गर्नेको संख्या ५३ हजार नाघ्याे



काठमाडौं । पुस मसान्तसम्म बीमा पोलिसी सरेण्डर गर्नेको संख्या ५३ हजार नाघेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको दोस्रो त्रैमाससम्ममा १४ वटा बीमा कम्पनीको ५३ हजार ११३ बीमितमार्फत छ अर्ब ५४ करोड ८८ लाख ८८ हजार रुपैंया बराबरको पोलिसी सरेण्डर भएको हो ।

यो अवधिमा सबैभन्दा बढी बीमा पोलिसी सरेन्डर गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेका छन् । प्राधिरकणका अनुसार पुस मसान्तसम्म नेपाल लाइफका १५ हजार ४७ बीमितले दुई अर्ब ३४ करोड ५९ लाख ८७ हजार रुपैयाँको पोलिसी त्याग गरेका हुन् ।

त्यस्तै, दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको एक अर्ब ३९ करोड ९० लाख ३१ हजार रुपैंया बराबरको १० हजार १२४ बीमा पोलिसी सरेन्डर भएका छन् । त्यसैगरी यसै अवधिमा राष्ट्रिय बीमा संस्थानको ५८ करोड ८६ लाख २२ हजार रुपैंया बराबरको छ हजार ६०८ बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्याङकमा उल्लेख छ ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको चार हजार ९०० वटा बीमालेख मार्फत ४२ करोड ३१ लाख ३८ हजार रुपैंया बराबरको पोलिसी त्याग भएका छन् । हिमालयन लाइफ इन्स्योरेन्सको चार हजार ६१५ वटा बीमा लेखमार्फत पाँच ४३ करोड २१ लाख ५१ हजार रुपैंयाको सरेन्डर भएको छ ।

नेशनल लाइफ इन्स्योरेन्सको ४३ करोड २३ लाख ५० हजार रुपैयाँ बराबरको तीन हजार ३७ वटा, सूर्यज्योति लाइफको ३७ करोड ५७ लाख ६२ हजार रुपैया बराबरको दुई हजार ५२८ वटा , मेट लाइफको दुई हजार ५६ वटा बीमालेख मार्फत १९ करोड ९७ लाख ४१ हजार रुपैंया बराबर, सिटिजन लाइफको एक हजार ९२ बटा बीमितमार्फत छ करोड ९३ लाख २६ हजार रुपैंया बराबरको सरेण्डर भएको तथ्याङकमा उल्लेख छ ।

प्राधिकरणको तथ्याङक अनुसार बीमितहरुले आइएमई लाइफ इन्स्योरेन्सबाट पाँच करोड ८७ लाख ९८ हजार रुपैंया बराबरको ६५४ वटा , सानिमा रिलायन्सको आठ करोड ८९ लाख ६० हजार रुपैंया बराबरको ८७५ वटा, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट पाँच करोड ९१ लाख ९३ हजार रुपैयाँ बराबरको ४९० वटा, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चार करोड ४९ लाख ९३ हजार रुपैंया ७८० वटा,

सबैभन्दा कम सन नेपाल लाइफको तीन करोड ११ लाख ३७ हजार रुपैंया बराबरको ३०७ वटा पोलिसी सरेन्डर भएको तथ्याङकमा उल्लेख छ ।

प्रकाशित : १७ माघ २०८०, बुधबार ११:५३