निलगिरी खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, डाक्याे साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

निलगिरी खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, डाक्याे साधारण सभा



काठमाडौं । आइपीओ निष्कासन गर्ने प्रस्तावसहित निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको सभा फागुन ४ गते एलोफट होटल, ठमेल, काठमाडौंमा बिहान साढे ११ बजेदेखि सुरु हुने जनाएको छ ।

सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

प्रकाशित : ११ माघ २०८०, बिहीबार १६:४८