जीवन बीमा व्यवसायमा वृद्धि, छ महिनामा चार अर्ब २४ करोडकाे व्यापार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जीवन बीमा व्यवसायमा वृद्धि, छ महिनामा चार अर्ब २४ करोडकाे व्यापार



काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा जीवन बीमा व्यवसायमा वृद्धि भएको छ । यो अवधिमा जीवन बीमाको व्यवसाय दुई अर्ब ४९ करोड रुपैयाँले बढेको हो ।

गत आर्थिक वर्षको छ महिनामा ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन भएकोमा चालु आवको सोहि अवधिमा बीमाशुल्क बढेर ७४ अर्ब २४ करोड ५८ लाख रुपैयाँ पुगेको छ । कुल बीमा व्यवसायमा सुधार देखिए पनि पुसमसान्तसम्म प्रथम बीमा शुल्क भने घटेको छ।

यस अवधिमा जीवन बीमा कम्पनीले प्रथम बीमा शुल्कबापत १३ अर्ब ८४ करोड रुपैयाँ संकलन गरेका छन्। यो रकम गत वर्षको छ महिनाको तुलनामा २.३६ प्रतिशतले कम हो। गत आर्थिक बर्षकाे दोस्रो त्रैमाससम्म कम्पनीहरुले प्रथम बीमा शुल्क १४ अर्ब १७ करोड रुपैयाँ संकलन गरेका थिए।

यस अवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा २० अर्ब दुइ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिसम्ममा आठ अर्ब ६२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा आठ अर्ब ५६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।


त्यस्तै, हिमालयन लाइफले आठ अर्ब नाै‌ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले चार अर्ब ७५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चार अर्ब २८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । एशियन लाइफ इन्स्योरेन्सले तीन अर्ब ७२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
सानिमा रिलायन्स लाइफले दुइ अर्ब ८५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सिटिजन लाइफले दइ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । मेट लाइफले दुइ अर्ब ६८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । आइएमई लाइफले दुइ अर्ब १० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

त्यसैगरी प्रभु महालक्ष्मी लाइफले दुइ अर्ब तीन करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले एक अर्ब ९३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सन नेपाल लाइफले एक अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

लघु जीवन बीमकः

लघु जीवन बीमक कम्पनीहरुमा सबैभन्दा धेरै क्रेष्ट माइक्रोले बीमाशुुल्क आर्जन गरेको छ । क्रेष्टले एक करोड ५७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्दा गार्डियनले ६६ लाख र लिबर्टीले २८ लाख रुपैयाँको बीमाशुल्क आर्जन गरेका छन् ।

प्रकाशित : ११ माघ २०८०, बिहीबार १५:२२