खराब कर्जा बढ्दैमा धेरै आत्तिनु पर्दैन् : गभर्नर अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

खराब कर्जा बढ्दैमा धेरै आत्तिनु पर्दैन् : गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खराब कर्जा बढ्दैमा धेरै आत्तिनु पर्ने अवस्था नरहेको बताएका छन्। बुधबार राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै उनले खराब कर्जाको विषयमा धेरै चिन्तित बन्नु नपर्ने बताएका हुन् ।

उनले भने, ‘कुनै समय राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ६० प्रतिशतसम्म हुन्थ्यो, अहिले ३ प्रतिशत हुँदा के-के न भएको जस्तो गर्छन्, त्यसैले खराब कर्जा बढ्दैमा धेरै आत्तिनु पर्ने अवस्था छैन, अन्य बैंकको अवस्था पनि यही हो, खराब कर्जाको विषयमा धेरै चिन्तित बन्नु पर्दैन ।’

उनले यो सुधारपुर्ण उपलब्धीलाई महत्वका साथ लिनुपर्ने र सुधारका लागि निरन्तर लागिरहनुपर्ने बताए । त्यसैगरी उनले अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिएको भन्दै बैंकिङ क्षेत्रमा पनि रिकभरी बाहेक अन्य विषयमा त्यति ठुलो अवस्था नरहेको बताए ।

प्रकाशित : १० माघ २०८०, बुधबार १६:५३