गुराँस लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गुराँस लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार



काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उछाल आएको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले ७७ लाख २८ हजार खूद नाफा आर्जन गरेको हो ।

अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा दुइ लाख ४७ हजार रुपैयाँमा सीमित थियो । अघिल्लो वर्षको यही अवधिसम्म १३ लाख ८२ हजार सञ्चालन घाटामा रहेको यो लघुवित्त समीक्षा अवधिमा भने ७९ लाख ७६ हजार सञ्चालन नाफामा गएको छ ।

सम्भावित जोखिम व्यवस्थापनका लागि छुट्याएको रकमबाट ४३ लाख हाराहारीमा राइटब्याक गर्दा कम्पनीको नाफामा उछालको अवस्था देखिएको हो । समीक्षा अवधिमा यो लघुवित्तले दुइ करोड ८९ लाख बढी खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी दुइ करोड २४ लाख रुपैयाँमा सीमित थियो ।

कम्पनीको अघिल्लो वर्ष यही अवधिसम्म ४.२७ प्रतिशत रहेको खराब कर्जाको अनुपात भने घटेर ३.७५ प्रतिशतमा सीमित भएको छ । समीक्षा अवधिमा यो लघुवित्तको प्रतिसेयर आम्दानी९वार्षिकीकृत० १५.२४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५३.६० गुणा, प्रतिसेयर नेटवर्थ १२९.६७ रुपैयाँ र तरलता अनुपात ८.२४ प्रतिशत रहेको छ ।

प्रकाशित : १० माघ २०८०, बुधबार ११:४८