घलेम्दी हाइड्रोपावरको सेयर लिलामी बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

घलेम्दी हाइड्रोपावरको सेयर लिलामी बिक्री खुला



काठमाडौं । घलेम्दी हाइड्रोपावरले माघ ९ गते मंगलबारदेखि सेयर लिलामीमा ल्याएको छ। कम्पनीले ३२ लाख १७ हजार ७२४ कित्ता सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो।

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद माघ २३ गतेसम्म रहेको छ ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ । यसअघि कम्पनीले गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो।

जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको एक करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

प्रकाशित : ९ माघ २०८०, मंगलवार ०९:४४