चन्द्रागिरी हिल्सको ‘लक इन’ अवधि सकियाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

चन्द्रागिरी हिल्सको ‘लक इन’ अवधि सकियाे



काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड भएको सेयरको ‘लक इन’ अवधि सोमबार सकिएको छ । लक इन अवधि सकिएसँगै सोमबारदेखि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य भएको छ ।

तर, संस्थापक सेयरधनीमध्ये सञ्चालक समितिमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुले भने सेयर खरिदबिक्री गर्न नपाउने चन्द्रागिरीले जानकारी गराएको छ ।

कम्पनीले सर्वसाधारणलाई २०७७ माघ ९ गते सेयर बाँडफाँट गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । उक्त लक इन अवधि आज सकिएको हो ।

प्रकाशित : ८ माघ २०८०, सोमबार १०:४९