लोक सेवा आयोगले माग्यो एकै पटक ११ सयभन्दा बढी कर्मचारी (सूचना) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लोक सेवा आयोगले माग्यो एकै पटक ११ सयभन्दा बढी कर्मचारी (सूचना)



काठमाडौं । बागमती प्रदेशको लोक सेवा आयोगले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । बागमती प्रदेशको लोक सेवा आयोगले अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्यामा कर्मचारी मागेको हो ।

बागमती प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहहरुको मागको आधारमा प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले विभिन्न सेवा र समूहमा गरी १ हजार ११३ जना कर्मचारी मागेको हो ।

बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको विज्ञापन प्रकाशन गरिएको आयोगको भनाई छ। विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट http://spsc.bagamati.gov.np/ मा प्रकाशन गरिएको छ।

प्रकाशित : ८ माघ २०८०, सोमबार ०७:३२